फ्राइडे रिलिज : ‘फूलै फूलको मौसम तिमीलाई’ Vs ‘ड्रिम्स’
3-March-2016

फागुन २१, पोखरा । फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबारबाट देशभरका सिनेमा घरबाट चलचित्र ‘फूलै फूलको मौसम तिमीलाई’प्रदर्शनमा आएको छ ।चलचित्र ‘फूलै फूलको मौसम तिमीलाई’दिनेश डिसीले निर्देशन गरेका हुन् ।अमिर अलीको प्रस्तुतीमा तयार भएको यो चलचित्रलाई दीनेश डीसीले पहिलो पटक निर्माण गरेका हुन् ।चलचित्र ‘फूलै फूलको मौसम तिमीलाई’ नीता ढुंगाना र आमेश भण्डारी मुख्य भूमिका रहेको छ ।चलचित्रमा सुरेश अधिकारी र अमुल कार्कीको संगीत,रामजी लामिछाने र नरेश बीर सिंहको नृत्य निर्देशन,पुरुषोत्तम प्रधानको छायांकन ,एनबी महर्जनको द्धन्द्ध रहेको छ ।

त्यस्तै आज बाट देशका मुख्य मुख्य सिनेमा घर बाट चलचित्र ‘ड्रिम्स’ प्रदर्शनमा आएको छ ।चलचित्र ‘ड्रिम्स’देशका ६० भन्दा बढी सिनेमा घर बाट प्रदर्शनमा आएको छ ।चलचित्रलाई अभिनेता भुवन केसीको निर्माण तथा निर्देशन गरेका हुन् ।चलचित्र ‘ड्रिम्स’मा अनमोल के.सी. साम्रागीलक्ष्मी शाह र सन्ध्या केसीको मुख्य अभिनय रहेको छ । दिवाकर भट्टराईको सह-निर्देशन रहेको फिल्ममा सामीप्यराज तिमल्सेनाको पटकथा, पुरुषोत्तम प्रधान र सन्जय लामाको छायांकन, हरकुलिश बस्नेत र विशेष पाण्डेको संगीत, बनिश शाह र मिलन श्रेष्ठको सम्पादन , चन्द्र पन्तको द्धन्द्ध, कविराज गहतराजको नृत्य रहेको छ ।

Events
Random Picks