पद खुस्किने डरले महाधिवेशन नै गराउँदैनन् मधेसी दलका नेताहरु
26-March-2016

काठमाण्डु, १४ चैत– नेपालमा प्रमुम मधेसी दलहरुले वर्र्षाैदेखि महाधिवेशन गराएका छैनन् । मधेसी दलमा पदाधिकारीमा नेतृत्वको लोभका कारण महाधिवेशन हुन नसकेको दोस्रो तहका नेताहरु बताउँछन् ।

महाधिवेसनमा पद खुस्केला कि भन्ने भयले महाधिवेशनमा जान नेतृत्व डराएको सद्भावना पार्टीका एक नेताले बताए । ‘महाधिवेशनमा गएर हारियो भने कार्यकर्ताले पनि गन्दैन भन्ने मनोविज्ञान मधेसी नेताहरुमा छ । ’

महाधिवेशन नगराउनेमा तमलोपा एक नम्बर हो । तमलोपाको ९ वर्षदेखि म हाधिवेशन भएकै छैन । संघीय समाजवादी फोरम नेपालले पनि धेरै वर्ष भइसक्यो महाधिवेशन नगरेको । फोरम लोकतान्त्रिकको अवस्था पनि त्यस्तै छ ।

नयाँ पत्रिकाबाट