इंगल्यान्डलाई पराजित गर्दै वेस्ट इन्डिज बन्यो च्याम्पियन
3-April-2016

चैत्र २१, २०७२- इंगल्यान्डलाई ४ विकेटले पराजित गर्दै वेस्ट इन्डिज विश्व टि ट्वान्टी च्याम्पियन बनेको छ । भारतको कोलकातामा भएको फाइनलमा पहिले ब्याटिंग गरेको इंगल्यान्डले दिएको १ सय ५६ रनको लक्ष्य वेस्ट इन्डिजले ६ विकेट गुमाएर अन्तिम ओभरमा पूरा गर्यो ।
अन्तिम ओभरमा १९ रन चाहिने अवस्थामा ब्याटिंगमा आएका वेस्टइन्डिजका कार्लोस ब्राथवेटले लगातार ४ छक्का हानेपछि २ बल बाँकी छँदै वेस्टइन्डिजले विजय पाएको हो । वेस्ट इन्डिजका लागि मार्लन स्यामुएल्सले ८५ रन जोडे ।
यो जितसँगै वेस्ट इन्डिज दुई पटक टि ट्वान्टी विश्वकप जित्ने पहिलो टिम बनेको छ । आजै भएको महिलातर्फको टि ट्वान्टीमा पनि वेस्ट इन्डिज नै च्याम्पियन बनेको छ ।

.......................

इङ्ल्यान्डले विश्व ट्वान्टी–२० क्रिकेटको फाइनलमा वेस्ट इन्डिजलाई ले १ सय ५६ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङ गर्न आएको इङ्ल्यान्डले कोलकाताको इडेन गार्डेनमा ९ विकेट गुमाई १ सय ५५ रन बनायो ।

इङ्ल्यान्डबाट जो रुटले सर्वाधिक ५४ रन बनाए । ३६ बल खेलेका उनले ७ चौका प्रहार गरे । पाँचौ ओभरमा २३ रन बनाउदा जेसन रोय (०), एलेक्स हेल्स (१) र कप्तान इयान मोर्गन (५) लाई गुमाइसकेको अवस्थामा रुटले जोस बट्लरसँग चौथो विकेटमा ६१ रनको साझेदारी गरे ।

३ छक्का र १ चौका प्रहार गरेका बटलरले २२ बलमा ३६ रन बनाए । बेन स्टोक्स १३ र मोइन अली शुन्यमा आउट भए पनि क्रिस जोर्डन र डेविड विलीले मिलाएर इङ्ल्यान्डको स्कोरलाई सम्मानजनक स्थितिमा पुर्‍याए । जोर्डन १२ रनमा नटआउट रहे । विलीले १४ बलको सामना गरी १ चौका र २ छक्कासहित २१ रन जोडे ।

स्पिनर सामुइल बद्री वेस्ट इन्डिजबाट पहिलो ओभर लिएर आएका थिए । उनले इनिङ्सको दोस्रो बलमै रोयको लेग स्टम्प उडाईदिएका थिए । बद्रीले ४ ओभरमा १ मेडन राख्दै १६ रन खर्चेर २ विकेट लिए । चाल्र्स ब्रेथवेट र ड्वायने ब्राभोले ३–३ विकेट लिए । ब्रेथवेटले ४ ओभरमा २३ र ब्राभोले ४ ओभरमा ३७ रन खर्चे ।



 

Write a Comment

Events
Random Picks