केपी ओलीलाई झुकाउने भन्दै उपेन्द्रको कार्यालयमा मधेसीको जमघट
14-April-2016

काठमाण्डु, २ वैशाख

प्रधानमन्त्री केपी शर्मा ओलीले वार्तामा आउन गरेको आग्रह अस्वीकार गरेको मधेसी मोर्चा आन्दोलनका थप कार्यक्रम ल्याउने तयारीमा जुटेको छ ।

नयाँ रणनीति बनाउन मोर्चाको बैठक आज अपराह्न बोलाइएको छ । संघीय समाजवादी फोरमको कार्यालयमा बस्ने बैठकले आन्दोलनका कार्यक्रमका साथै आगामी ६ वैशाखमा राजधानीमा गर्न लागिएको बृहद् अन्तरक्रियाको तयारीबारे छलफल हुने सदभावना महासचिव मनिषकुमार सुमनले जानकारी दिए ।

सुमनले तराई केन्द्रित आन्दोलनलाई राजधानी केन्द्रित गर्ने विषयमा छलफल हुने बताए । ‘हामीले दिएको वैशाख मसान्तको समयमा सरकार समस्या समाधानका लागि गम्भीर देखिएन’, सुमनले काठमाण्डु टुडेसँग भने, ‘अब राजधानी केन्द्रित आन्दोलन गरेर सरकारलाई झुकाउँछौं ।’

बैठकमा मधेसी मोर्चासहित संघीय गठबन्धन, जनजाति दल र पद्मरत्न तुलाधर नेतृत्वको राष्ट्रिय जनआन्दोलन संघर्ष समितिमेत सहभागी हुने सुमनले बताए ।

 

Write a Comment