साइकल चढ्नु त विश्वेन्द्रको स्वाङ रहेछ, उनले चढेको हेलिकोप्टरको भाडा नै १७ लाख
26-April-2016

काठमाण्डु, १४ वैशाख– कुनै बेला साइकल चढेर मन्त्रालय ओहोर दोहोर गरेर चर्चामा आएका जनसंख्या तथा वातावरणमन्त्री विश्वेन्द्र पासवान केही समयता हेलिकोप्टर चढेर जिल्ला भ्रमणमा निस्कन थालेका छन् । पछिल्लो एक सातामा मात्रै उनले पाँचपटक हेलिकोप्टर चार्टड गरेर विभिन्न जिल्लाको भ्रमण गरेका छन् । अहिलेसम्म उनले हेलिकोप्टर चार्टड गरेको भाडा मात्रै १७ लाख पुगेको छ ।

मन्त्री पासवान चढेको हेलिकोप्टरको बिल भुक्तानी गराउने सेनाले वातावरण मन्त्रालयमा सोधखोज गरेको छ । मन्त्रालयका अधिकारीहरुले मन्त्रीले निजी कामका लागि हेलिकोप्टरको प्रयोग गरेकोले भुक्तानी गर्न नसक्ने जवाफ दिएका छन् ।  मन्त्री पासवानले पार्टीको कार्यक्रममा हेलिकोप्टरमार्फत गएको बिल आफ्ना कार्यकर्ताले तिरिदिने दाबी गरेका छन् । नयाँ पत्रिकाबाट

Write a Comment

Events
Random Picks