कुनै योजना थिएन, अचानक पूर्वराजा भारततिर
28-April-2016

काठमाण्डु, १७ वैशाख– लामो समयदेखि चुपचाप बसेका पूर्वराजा ज्ञानेन्द्र शाह अचानक भारत भ्रमणमा गएका छन् ।

निजी सचिव सागर तिमल्सिनाका साथमा उनी बिहीबार दिउँसो करिब साढे ४ बजे इन्डियन एअरलाईन्सबाट भारतको नयाँ दिल्ली गएका हुन् । पूर्वराजाले सशस्त्रका निजी अंगरक्षक डिएसपी गगन श्रेष्ठ र शाही अर्दली हस्तबहादुर थापालाई पनि सँगै लगेका छन् ।

मुलुकमा राजतन्त्र फर्कन सक्ने हल्ला चलिरहेका बेला विशेष कारण देखाउँदै पूर्वराजा अचानक भारत भ्रमणमा जानु महत्वपूर्णरुपमा लिइएको छ । नेपाल समाचारपत्रबाट

Write a Comment

Events
Random Picks