सरकार ढालेर अस्थिरता निम्त्याउन प्रचण्डलाई उचाल्ने नेताहरुलाई चिनिराखौं
5-May-2016

काठमाण्डु, २४ वैशाख– बुधबार बिहान सहमतीय सरकारका लागि आफू प्रधानमन्त्री उम्मेदवार रहेको जनाउ दिएका एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बेलुका जब प्रधानमन्त्री निवास बालुवाटार छिरे, नयाँ सत्तासमकिरणको तयारी त्यहीबाट मोडियो ।

ओली सरकार ढाल्नुपर्छ भनेर लविङ गर्ने दाहाललाई कन्भिन्स गराउन पूर्वलडाकु कमान्डरहरु हाबी भएको स्रोतले बतायो । लडाकु शिविरका नाममा रकम बुझ्ने तथा बुझ्दा हस्ताक्षर गर्नेहरु नै ओली सरकार ढाल्न बढी सक्रिय थियो – लाजिम्पाट स्रोतले भन्यो ।

त्यसका लागि लडाकुको जिम्मेवारी हेर्ने महासचिव कृष्णबहादुर महरा, तत्कालीन सैन्य विभाग प्रमुख वर्षमान पुन, डेपुटी कमान्डर जनार्दन शर्मा र बलदेव शर्माले बढी भूमिका खेलेका थिए । नागरिक दैनिकबाट
 

Events
Random Picks