नारायणकाजीले प्रचण्डपुत्र प्रकाश र महराको नाम भ्रमण सूचीबाट हटाए
7-May-2016

काठमाण्डु, २६ वैशाख– एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले चीन भ्रमणमा जाने सुचीबाट महासचिव कृष्णबहादुर महरा र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपुत्र प्रकाशको नाम हटाइदिएका छन् ।

अन्तर्राष्ट्रिय विभागका इन्चार्जसमेत रहेका श्रेष्ठको असन्तुष्टिपछि चिनियाँ कम्युनिस्ट पार्टी र काठमाण्डुस्थित चिनियाँ दूतावसले पठाएको पत्रलाई हेरफेर गर्नलगाएर महासचिव महरा र प्रकाशको नाम चीन जाने सूचीबाट हटाईएको स्रोतले बतायो । स्रोतकाअनुसार हालै भारत भ्रमणबाट फर्किएका महरालाई चीनले नामै किटेर निमन्त्रणा गर्नुलाई एमाओवादीले अर्थपूर्ण रुपमा लिएको कारण उनको नाम सूचीबाट हटाइएको हो । अन्नपूर्णपोस्टबाट

Write a Comment

Events
Random Picks