ओली सरकारलाई रुखको पात जति पनि गनेन मधेसी मोर्चाले
12-May-2016

काठमाण्डु, ३१ वैशाख–साता महिनादेखि आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई सरकारले वार्ताका लागि आह्वान गरेपछि मोर्चाले वातावरण नै नबनेकोले तत्काल वार्तामा नजाने जबाफ दिएको छ ।
साता महिनाको बीचमा ३६ पटकसम्म वार्ता गर्दा पनि सरकारले तराई मेधसको माग सम्बोधका लागि गम्भीर नभएकोले निरर्थक वार्तामा नबस्ने निर्णय गरेको हो ।

बिहीबार राजधानीमा बसेको मोर्चाको बेठकले गत फागन ४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले एकतर्फी वार्ता भंग गरेकाले सरकार वार्ता र सहमतिमार्फत आन्दोलनरत पक्षहरुले उठाएका राष्ट्रिय मुद्दाहरुको सम्बोधन गर्न गम्भीर नरहेको निष्कर्ष मोर्चाले निकालेको छ । नेपाल समाचारपत्र दैनिकबाट