पाँच वर्षमा पनि बनेन गणतन्त्र स्मारक, नक्सा नै भए पनि हेरेर चित्त बुझाउने कि ?
27-May-2016

काठमाण्डु, १५ जेठ– देशमा गणतन्त्र स्थापना भएको प्रतीकका रुपमा नारायणहिटी दरबार संग्रहालयभित्र निर्माण कार्य शुरु भएको पाँच वर्ष पुग्दा समेत गणतन्त्र स्मारक सम्पन्न हुन सकेको छैन । स्मारक जग्गा प्राप्ति, भूकम्प र नाकाबन्दीको कारण समयमा नै सम्पन्न हुन नसकेको हो ।

पाँच वर्षको अवधिमा ८५ प्रतिशत काम सम्पन्न गरेर अन्तिम चरणको काम भइरहेको छ । आगमी मंसिर महिनासम्म स्मारण निर्माणको काम सम्पन्न हुनेछ ।

शहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक मनिराम गेलाले मुख्य पूर्वाधार निर्माणको काम सम्पन्न भइसकेको र फिनिसिङको काम अन्तिम चरणमा पुगेको बताए । नेपाल समाचारपत्र दैनिकबाट