विज्ञापनको मोडेलमा डाक्टर बाबुराम भट्टराई (भिडियोसहित)
4-June-2016

काठमाडौं जेठ २१ – डा. बाबुराम भट्राईले अबको निकास, आर्थिक विकास भन्ने नारा लिएर नयाँ पार्टी स्थापनाको मिति तोक्नु भएको छ । युटुबबाट विज्ञापन भिडियो सार्वजनिक गर्दै उहाँले जेठ ३० गते पार्टी स्थापना गर्ने घोषणा गर्नुभएको हो । 

डा. भट्टराईले संविधानको घोषणा भएपछि पार्टी र संसद सदस्यबाट राजीनामा दिनु भएको थियो । संविधानसँग असन्तुष्ट भएको भन्दै उहाँले पार्टीसमेत त्याग गर्नुभएको थियो । 

उहाँले विज्ञापनमा विभिन्न समयमा भएको शासन विरुद्ध लडेर नागरिकले जितेपनि समस्या नसकिएको भन्दै अबको समयमा आर्थिक अवस्था फेर्नको लागि लडौँ भनेर आग्रह गर्नुभएको छ । उहाँले ३० गते हुने नयाँ पार्टीको घोषणा सभाको विज्ञापन भिडियोका साथै पत्रपत्रिकाबाट पनि गर्नुभएको छ । 

 

Write a Comment