फिल्मकर्मीलाई प्रधानमन्त्रीको प्रश्न: 'घर भूकम्प प्रतिरोधी हो?'
28-May-2015

 

प्रधानमन्त्री सुशिल कोइरालाले नेपाली फिल्मकर्मीहरुले काभ्रे, पाँचखालको रामपुरका भूकम्प पीडितलाई घर बनाइदिएकोमा खुशी व्यक्त गरेका छन्। सोमबार बिहान चलचित्र विकास वोर्डका तर्फबाट प्रधानमन्त्री दैविक प्रकोप राहत कोषलाई पाँच लाख रुपयाँ हस्तान्तरण  गर्न वोर्डका केही कर्मचारीसँगै नेपाली फिल्मकर्मीहरु पनि प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए।

वोर्डबाट नगद पाँच लाखको चेक बुझेका प्रधानमन्त्री कोइरालालाई 'हामी सबैका लागि' अभियान मार्फत भूकम्प पीडितलाई घर बनाइदिने फिल्मकर्मीहरुको समूहका संयोजक एवम् विकाश बोर्डका सदस्यसमेत रहेका सुरेश दर्पण पोखरेलले फिल्मकर्मीहरुको व्यक्तिगत पहलमा चालिस वटा अस्थाइ घर निर्माण गरेको जानकारी प्रधानमन्त्रीलाई गराएका थिए।