देउवाले भने सरकारको नेतृत्वमा कोइरालालाई त पत्याएनन्, मलाई के पत्याउलान्?
29-May-2015


 

पूर्वप्रधानमन्त्री शेर बहादुर देउवाले अब बन्ने राष्ट्रिय सहमतिको सरकारमा प्रधानमन्त्रीका लागि दाबी नगर्ने सङ्केत दिएका छन्।

नेपाली कांग्रेसका बरिष्ठ नेता समेत रहेका पूर्वप्रधानमन्त्री देउवाले भूकम्पबाट सिर्जना भएको विपत्तीको सामना गर्न राष्ट्रिय सहमतिको सरकारको आवश्यक रहेको बताए पनि प्रधानमन्त्री को हुने भन्ने खुलाएनन्।

भूकम्प प्रभावित क्षेत्रको अनुगमनका क्रममा सिन्धुली पुगेका नेता देउवालाई पत्रकारहरुले 'राष्ट्रिय सहमतिको सरकारको नेतृत्व तपाईं आफैले गर्ने हो ?' भनी सोधेका थिए । जवाफमा उनले भने, ‘सुशील कोइरालालाई त पत्याएनन्, मलाई के पत्याउलान्?’

उनले भूकम्पका कारण पार्टीको महाधिवेशन नरोकिने स्पष्ट पारेका छन् ।संविधान निर्माणमा पनि भूकम्पले खास असर नगर्ने भन्दै नेता देउवाले एकदुई महिनामै संविधान जारी हुने दाबी गरेका छन् ।

 

 

 

 

source:http://setopati.com/raajneeti/28770/

Write a Comment