प्रचण्डलाई प्रधानमन्त्री ओलीले सोधे– सरकार ढालेर अर्को बनाउँदैमा के पाउनु हुन्छ ?
4-July-2016

काठमाण्डु, २१ असार– प्रधानमन्त्री केपी शर्मा ओलीले तीन प्रमुख दलको सहमतिमा मात्र संविधान कार्यान्वयन सहज हुने भएकोले अर्को बहुमतीय सरकारको कसरतमा नलाग्न माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन् ।

ओलीले नौ बुँदे सहमति कार्यान्वयनका लागि आफू तत्पर रहेको भन्दै सहकार्यलाई निरन्तरता दिनु पर्ने बताएका हुन् ।  ‘संविधान कार्यान्वयनका लागि ठूला तीन दल चाहिहाल्छन्, संविधान जारी गर्ने यीनै तीन पक्ष हुन्’ ओलीले दाहाललाई दिएको जवाफ उदधृत गर्दै बालुवाटार स्रोतले भन्यो, ‘त्यसैले तीन दलबीच त्यस्तो सहमति नबनी अर्को बहुमतीय सरकार बनाएर मात्र के उपलब्धी हुन्छ ?

कान्तिपुर दैनिकबाट

Write a Comment