प्रधानमन्त्री ओलीको प्रयास सफल हुने संकेतः सम्झौता कार्यान्वयन गर्न नेपाल–चीनबीच तीन घण्टा लामो छलफल
4-July-2016

बेइजिङ, २१ असार– प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा भएका सहमति र समझदारी कार्यान्वयनमा भइरहेको प्रयासबारे नेपालले चीनलाई जानकारी गराएको छ । बेइजिङमा परराष्ट्र सचिव शंकरदास बैरागीले सोमबार चिनियाँ परराष्ट्र मन्त्री वाङ यी र सहायक मन्त्री खोङ सुआन योउसँगको छुट्टाछुट्टै भेटवार्तामा जानकारी गराएका हुन् ।

बेइजिङस्थित नेपाली दूतावासका काउन्सिलर हरिश्चन्द्र घिमिरेका अनुसार सचिव वैरागीको नेतृत्वको नेपाली प्रतिनिधि मण्डलले तीन घण्टा लामो खोङसँग वार्तामा नेपाल–चीन सम्बन्धका विविध आयागमबारे छलफल गरेको थियो । कान्तिपुर दैनिकबाट

Events
Random Picks