मन्त्री हुन पाउँ भन्दै भारतीय दूतावास धाउने कांग्रेसी नेताहरु चिनौं
25-July-2016

काठमाण्डु, १० साउन– केपी ओली सरकारविरुद्ध २०७३ असार २९ मा संसदमा अविश्वासको प्रस्ताव दर्ता भएपछि नेपाली कांग्रेस र माओवादी केन्द्रका सांसदहरु मन्त्री बनाइ पाउँ भन्दै नेपालस्थित भारतीय दूतावास लैनचौर धाउने ताँती लागेको खबर छ ।

राजदूत रञ्जीत रे, डिसिएम विनयकुमार, पोलिटीकल सेक्रेटरी गोपाल कृष्णनन्, रिसर्च एण्ड एनालाइसिस विङका प्रमुख विवेक जोहरी र भर्खरै कार्यभार सम्हालेका काउन्सिलर पी छिरिङलाई भेटघाट गरेर महत्वपूर्ण मन्त्रालयसहित उपप्रधानमन्त्री, मन्त्री बनाई पाउँ भनेर बिन्तीपत्र हाल्नेमा
–विमलेन्द्र निधि
–अर्जुननरसिंह केसी
–मीनेन्द्र रिजाल
–उदय शमशेर राणा
–अजय चौरसिया
– वीरबहादुर बलायर
–बालकृष्ण खाँडलगायत एक दर्जनभन्दा बढीको ताँती लागेको भारतीय दूतावासस्रोतले बताएको छ ।

साँघु साप्ताहिकबाट

Write a Comment