प्रधानमन्त्रीमा दोहोरिने प्रचण्ड पहिलो कम्युनिष्ट नेता
3-August-2016

साउन १९ काठमाडौं–प्रधानमन्त्री दौडमा एकल प्रतिस्पर्धामा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बुधवार निर्वाचित भए उनले प्रधानमन्त्रीमा दोहोरिने पहिलो कम्युनिस्ट नेता हुनेछन् । नेपालमा प्रजातन्त्रयता पाँच कम्युनिस्ट प्रधानमन्त्री बनेपनि कोही दोहोरिन पाएका छैनन् ।

२०५१ सालको मध्इावधिमा सबैभन्दा ठूलो दल बनेपछि नेकपा एमालेका अध्यक्ष मनमोहन अधिकारी देशका पहिलो कम्युनिष्ट प्रधानमन्त्री बनेका थिए । ९ महिना अल्पमतको सरकार चलाएर चर्चाको शिखरमा पुगेका अधिकारीपछि कम्युनिस्ट पार्टीले देशको नेतृत्वका लागि करिब १४ वर्ष कुर्नुपरेको थियो ।

विभिन्न कालखण्डमा नेकपा एमाले र नेकपा माले संयुक्त सरकारमा सहभागी भएपनि पहिलो संविधानसभाको निर्वाचनपछि मात्रै दोस्रो पटक सरकारको नेतृत्व गर्ने अवसर कम्युनिस्ट पार्टीले पाएको थियो । त्यतिबेला तत्कालीन एकीकृत माओवादीका अध्यक्ष प्रचण्ड नेतृत्वमा सरकार बनेको थियो । त्यो सरकार पनि ९ महिनाभन्दा बढी टिक्न सकेन ।

आजको नागरिक दैनिकमा खबर छ ।

Events
Random Picks