सरकारी निकाय नै नियम उल्लंघन गरी भवन निर्माणमा
31-May-2015

प्रहरीले नै बलमिच्याई गरेर भवन निर्माण गरिरहेको छ

वैशाख १२ गतेको भूकम्प कारण उपत्यकामा कैयन भवन क्षतिग्रस्त भएका छन् ।

 

अवैैध तरिकाले निर्माण गरिएका भवन क्षतिग्रस्त मात्र भएनन् जसले कैंयनको ज्यान समेत लगेको छ ।  उपत्यकामा निजी स्तरका मात्र नभई सरकारी निकायले निर्माण गरेका भवन समेत अवैध रुपमा निमौण गरेको भेटिएको छ ।

सरकारी निकायले नै सरकारी नियम पालना नगरी अवैध रुपमा भवन निर्माण गरिरहेको छ । कर्मचारी सञ्चय कोष, नेशनल साल्ट  ट्रेडिङ कम्पनी लिमिटेड र नेपाल प्रहरीले नै सरकारी नियम मिचेर अवैध रुपमा भवन निर्माण गरेको खुल्न आएको छ । 

 

कर्मचारी सञ्चय कोषले  काठमाडौको सुन्धारामा निर्माण गरेको काठमाडौ मल अवैध रुपमा निर्माण भएको देखिएको छ । काठमाडौ महानगरपालिकाले नियम बिपरित भवन निर्माण गरेको भन्दै  यसको हालसम्म नक्सा पास गरेको छैन । 

 

२०५६ साल फागुन ७ गते नक्सा पासको लागि काठमाडौ महानगरपालिकामा नक्सा दर्ता गरेको भएपनि हालसम्म यसको नक्सा पास  हुन सकेको छैन  । नक्सा पास बिना भवन निर्माण गर्न नपाइने व्यवस्था रहेको भएपनि बलमिच्याईपुर्बक  कर्मचारी सञ्चय कोषले भवन निर्माण गरेको काठमाडौं महानगरपालिकाको ठहर छ ।

 

काठमाडौ महानगरपालिकाका प्रवक्ता र प्रशासनिक तथा  साङ्ठनिक  विभागका प्रमुख शान्तराम पोख्रेलले भने “जन प्रतिनिधी भएकै अवस्थामा कर्मचारी सञ्चय कोषले अवैध रुपमा भवन निर्माण कार्य थालनी गर्याे , हामी  उक्त भवनको निर्माण कार्य रोक्न असफल बन्यौ । ”

निर्माण पूर्व अस्थायी नक्सा पास भएको  भएपनि हाल सम्म स्थायी नक्सा पास भने  भएको छैन । अस्थायी नक्सा पास पछि डिपिसि सम्म गर्न पाइने पोख्रलेको भनाई छ ।

 

स्थानीय स्वायत्त शासन ऐन २०५५ को दफा १६१ (४) बमोजिम यस्ता अवैध रुपमा बनेका भवन महानगरपालिकालाई भत्काउने तथा भवन निर्माण रोक्का गर्ने अधिकार  दिएको छ । तर महानगरपालिकाले यस्ता अवैध रुपमा निर्माण हुने न सरकारी निकायका भवनको निर्माणकार्य  रोक्न सकेको छ नत ब्यक्तिगत भवन नै पूर्णत रोक्न सकेको छ  । जसका कारण नै कैंयन अवैध भवन भूकम्पले भत्काउँदा त्यसमा मानिसहरु पनि परे ।

 

महानगरपालिकाका अनुसार २१ हजार तिन सय चार स्क्वायर फिट क्षेत्रमा फैलिएको उक्त मलमा जमिन तलामा पार्किङ हुनुपर्नेमा स्टोर रुम बनाइएको छ । मलहरु निर्माण गर्दा अनिपार्य रुपमा पार्किङ क्षेत्र खुलाउनु पर्ने हुन्छ  । तर काठमाडौ मलले अस्थायी नक्सामा जमीन तलामा पार्किङ स्थानको रुपमा पास गरेको भएपनि निर्माण गर्दा जमीन तलामा पार्किङको सट्टा सटर हालेर बिभिन्न कोठाको निर्माण गरेको छ ।

 

त्यसैगरी नेशनल ट्रेडिङले सिंहदरबारको नजिकै रहेको आफ्नो कार्यालय नजिकै अर्काे भवन निर्माण गर्न लागेको छ । अवैध भवन निर्माण कार्य रोक्न पटक पटक प्रयास गर्दापनि आफुहरुले उक्त भवनको निर्माण रोक्न नसकेको  प्रवक्ता पोख्रेलको भनाई छ । 

 

हरियाली क्षेत्र भएकोले उक्त स्थानमा भवन निर्माण गर्न पाइने या नपाइने भन्ने अझै द्धिविधा रहेको छ । उक्त क्षेत्रमा भवन निर्माणको अनुमति दिन र नक्सा पास गर्नको लागि महानगरपालिकाले उपत्यका विकास प्राधिकरणसँग अनुमति लिनु पर्दछ ।

 

तर उपत्यका विकास प्राधिकरणले अनुमती दिनु पूवै नै  अवैध रुपमा भवन निर्माण सुरु भएको छ । ” ऐन नियमको पालना नगर्नेलाई कारबाही गर्ने निकाय नेपाल प्रहरीले समेत अवैध रुपमा भवन निर्माण गरेको खुल्न आएको छ । 

 

रानीपोखरीमा रहेको नेपाल प्रहरीको कार्यालयको समेत नक्सा पास नभएको महानगरपालिकाले जनाएको छ ।

 

अवैध भवन निर्माण कार्य रोक्न सघाउनुपर्ने नेपाल प्रहरीले नै बलमिच्याई गरेर भवन निर्माण गरिरहेको छ । पुरातत्व विभागको समेत स्वीकृति लिएर बनाउनुपर्ने उक्त स्थानमा महानगरपालिकाबाट नक्सा समेत पास समेत भवन निर्माण गरिएको हो । त्यस्तै दरबारमार्गमा रहेको ट्राफिक प्रहरी बिटको समेत नक्सा पास बिनानै भवन निर्माण भएको महानगरपालिकाले जनाएको छ ।

source:http://kinmel.setopati.com/nirman-samagri/25839/

Events
Random Picks