यी हुन् प्रचण्डसँग भारतले गरेको अपेक्षा
3-August-2016

काठमाण्डु, २० साउन– नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मधेसी, दलित र जनजातिको माग सम्बोधन गर्ने तथा विगतमा बिग्रिएको दुई देशको सम्बन्धलाई थप सुमधुर बनाउने अपेक्षा भारतले लिएको छ । विगतमा दुवै पक्षबाट केही गल्ती भएको भन्दै अब नेपालमा नयाँ सरकार गठनसँग द्विपक्षीय सम्बन्ध ट्रयाकमा आउने श्विास दिल्लीको छ ।

नेपालको राजनीतिक मामिलालाई नजिकबाट हेरिरहेका एक भारतीय उच्च अधिकारीले दाहाललाई अब भारतले माओवादी केन्द्रको अध्यक्षका रुपमा नभई देशको प्रधानमन्त्रीका रुपमा हेरेको र त्यही किसिमको अपेक्षा गरेको बताए । ‘नेपालको आन्तरिक मामिलामा नबोल्ने हाम्रो नीति छ, तथापि हाम्रो धारणा स्पष्ट छ कि नयाँ प्रधानमन्त्रीले मधेसको समस्या समाधान गरी देशलाई चुनावतर्फ लैजान र द्विपक्षीय सम्बन्धलाई सुदृढ बनाउन आवश्यक छ’, ती अधिकारीले भने, ‘यद्यपि भारतले नेपालको राजनीतिक गतिविधिलाई नजिकबाट नियाल्ने गरेको छ ।’
भारतीय अधिकारीले आफ्नो नेपालप्रतिको नीतिमा दाहाल प्रधानमन्त्री भएपछि पनि खासै परिवर्तन नहुने बताए ।

उच्च सरकारी अधिकारी, राजनीतिज्ञ तथा प्रबुद्ध वर्गका व्यक्तिहरु विगतमा मधेसी, दलित, जनजातिको एजेण्डा दाहाल आफैंले उठाएको हुनाले उनले ती समस्या समाधान गर्ने विश्वास रहेको बताउँछन् । उनीहरुले भारतसँगको सम्बन्धका बारेमा विगतमा उनी आफैं प्रधानमन्त्री हुँदा तथा विगतका प्रधानमन्त्रीले गरेका कमजोरीबाट पाठ सिकेर सम्बन्ध सुधार गर्ने अपेक्षा गरेका छन् ।

नेपाल मामिलाका जानकारी जवारहलाल नेहरु विश्वविलयकी प्राध्यापक संगीता थपलियाले दाहालले मधेसवादी दल र जनजातिका बाँकी मुद्धालाई नयाँ सरकारले सम्बोधन गर्नुपर्ने बताइन् ।
कान्तिपुर दैनिकबाट

Write a Comment