प्रचण्डको पहिलो विदेश भ्रमण भारत, दोश्रो चीन
3-August-2016

काठमाण्डु, २० साउन– नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतसँग चिसिएको सम्बन्ध सुधार्न आफ्नो विदेश भ्रमण गर्ने सूचीमा भारतलाई पहिलो नम्बरमा राखेका छन् । 

सात वर्षपछि दोश्रोपटक नेपालको ३९ औं प्रधानमन्त्रीमा निर्वाचित भएका ६१ वर्षीय प्रचण्ड ले भारतसँगै चीनको भ्रमण गरेर कूटनीतिक सन्तुलन कायम गराउने योजना बनाएका छन् । यसअघि प्रधानमन्त्री हुँदा प्रचण्डले पहिलो विदेश भ्रमण चीनबाट गरेका थिए ।

प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै प्रचण्डलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिँदै भारत भ्रमणको निमन्त्रणा गरेका छन् । प्रधानमन्त्री पदमा शपथग्रहण गरी पदभार नसमाल्दै मोदीले प्रचण्डलाई दिएको भारतको निम्तापत्र केही दिनभित्रै भारतीय राजदूत रञ्जित रेले प्रचण्डलाई भेटेर हस्तान्तरण गर्नेछन् ।
अन्नपूर्ण पोष्टबाट

Write a Comment

Events
Random Picks