प्रचण्डलाई एमालेले भन्यो– रिमोटबाट नचल्नुस्, अप्ठ्यारो परे सगोत्रीका नाताले सहयोग गरौंला
8-August-2016

काठमाण्डु, २५ साउन– प्रमुख प्रतिपक्षी एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई रिमोट कन्ट्रोलबाट नचल्न सुझाव दिँदै राष्ट्रिय स्वाभिमानका साथ काम गर्दा कप्ठ्यारो परे ‘सगोत्री’ लाई सम्झन आग्रह गरेको छ ।

‘सरकारको नेतृत्व अरुबाट निर्देशित हुनु र रिमोट कन्ट्रोल अरुको हातमा भएजस्तो गरी चल्नु उपयुक्त हुँदैन,’ एमाले संसदीय दलका प्रमुख सचेतक भानुभक्त ढकालले भने, ‘संसदबाट निर्वाचित कार्यकारी प्रधानमन्त्रीलाई हामी त्यही हैसियतमा देख्न चाहन्छौं ।’

नयाँ सरकार निर्माणपछि पहिलोपटक सोमबार बसेको संसद बैठक नवनिर्वाचित प्रधानमन्त्रीलाई बधाई र शुभकामना दिनमा केन्द्रित थियो । त्यस क्रममा सांसदहरुले संविधान कार्यान्वयन, सहमति निर्माण, सुशासन र विकासमा केन्द्रित रहन सरकारको ध्यानाकर्षण गराए ।

एमालेले तीन तहको निर्वाचनसहित पूर्ववर्ती सरकारले अघि सारेको संविधान कार्यान्वयन कार्ययोजनालाई प्राथमिकतामा राख्न सुझाव दिएको छ । संविधान कार्यान्यवन कार्ययोजनालाई प्राथमिकतामा राख्न सुझाव दिएको छ । ‘संविधान कार्यान्यवन, राष्ट्र÷रायिट्रयताको हित, अघिल्लो सरकारले ल्याएका राम्रा कामको निरन्तरता र मुलुकको समृद्धिका लागि तपाईं (प्रधानमन्त्री) अगाडि बढ्दा अप्ठ्यारो उत्पन्न भएमा हामी छिमेकमै छौं’, ढबालले भने, ‘राष्ट्रिय हितका पक्षमा उभिएकै कारण अप्ठ्यारो परे सगोत्रीको नाताले पनि सहयोग नै गर्ने छौं ।’

कान्तिपुर दैनिकबाट

Events
Random Picks