बैंकिङ कसुरमा १३ करोड ३० लाख हिनामिना गर्ने पक्राउ
31-May-2015

बैंकिङ कसुर मुद्धामा फरार भएका अरुण कुमार मराठालाई सिआइबीले पक्राउ गरेको छ

 

उनले क्यापिटल मर्चेन्ट एवम फिनान्स कम्पनीबाट उपत्यका विकास प्राधिकरणको नाममा ७ करोड र पब्लिक इनभेष्टमेन्टको नाममा ६ करोड ३० लाख कर्जा लिइ ती कम्पनीहरुलाई हानी पुरयाएका थिए ।

 

पुनरावेदन अदालत पाटनले उनीमाथी १३ करोड ३० लाख जरिवाना र ६ वर्ष जेल सजाय तोकेको थियो ।  उनलाई नयाँ बानेश्वरबाट पक्राउ गरिएको सिआइबीकी एसपी किरण बज्राचार्यले जानकारी दिईन ।

 

source:http://kinmel.setopati.com/anya/25842/

Events
Random Picks