बुटवलमा पाँच नम्बर प्रदेशको अगुवा कार्यकर्ता अम्रपालीमा भेला
3-December-2016

                                                  

१७ मंसिर, रुपन्देही । बुटवलमा प्रमुख दलका नेताहरुको उपस्थितिमा संयुक्त अगुवा कार्यकर्ता भेला शुरु भएको छ ।

पाँच नम्बर प्रदेशबाट पहाडी जिल्ला झिकिएको बिरोधमा आन्दोलन भइरहेका बेला थप रणनीति बनाउन त्यस क्षेत्रका जनप्रतिनिधि र पार्टीका नेताहरुको संयुक्त भेला आयोजना गरिएको हो ।

                                            कार्यक्रममा एमाले उपाध्यक्ष बामदेव गौतम, उपमहासचिव बिष्णु पौडेल, माओवादी केन्द्र संसदीय दलका उपनेता टोपबहादुर रायमाझी, काग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारी, राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेल लगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।   भेला बुटवलको अम्रपालीमा भैरहेको छ ।

                                                                 

Events
Random Picks