अपराध गरेको १६ वर्षपछि पक्राउ परे अभियुक्त
24-December-2016

रासस/पुस ९, दाङ |  चोरी मुद्दामा ९ वर्ष कैद र करिब १ लाख रुपैयाँ जरिवाना फैसला भएको १६ वर्षपछि दाङ प्रहरीले अभियुक्तलाई पक्राउ गरेको छ।

वि सं २०५७ असोज २ गते गोबरडिहा गाविस–५ का धनेश्वर अर्यालका घरमा चोरी गरेको ठहर गर्दै जिल्ला अदालतले गोबरडिया–५ पचाहवाका ३६ वर्षीय प्रकाश चौधरीलाई नौ वर्ष कैद र रु ९९ हजार ७२ जरिवाना फैसला गरेको थियो । जिल्ला प्रहरी कार्यालय दाङले चौधरीलाई घरबाटै पक्राउ गरेर कारबाहीका लागि जिल्ला अदालतमा बुझाएको दाङका प्रहरी प्रमुख धीरजप्रताप सिंहले जानकारी दिए।

यस्तै जबर्जस्ती करणी मुद्दामा फरार रहेका एक जनालाई करिब साढे चार वर्षपछि पक्राउ गरिएको छ । विसं २०६९ असार २६ गते अर्घाखाँची जलुके–६ बस्ने सुमन कुमालले एक किशोरीलाई जबर्जस्ती करणी गरी भागेका थिए । इलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको विशेष प्रहरी टोलीले गोबरडिहा–१ जुरैनीस्थित चिसापानीबाट कुमाललाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको दाङ प्रहरीले जनाएको छ ।

Write a Comment

Events
Random Picks