लोकतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन : बाबुराम
30-December-2016

१५ पुस, काठमाडौं । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले लोकतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताएका छन् । साथै संविधानप्रति असन्तुष्ट रहेकाहरुलाई सहमतिमा ल्याउन समेत दलहरु असफल भएको बताएका छन् । राजनीतिक अस्थीरता र दलहरुको असफलताले निराश बनाएको बेला जो-कसैले दल र राजनीतिलाई गाली गर्दा क्षणिक आनन्द भएपनि समाधान नहुने उनले बताएका छन् । 

पूर्वप्रधानमन्त्री भट्टराईले अघि भने- निराश भएर प्रतिगामी शक्तिलाई सहयोग गर्दा भोलि सबैलाई ‘न्याउरी मारी पछुतो’ हुन्छ । त्यसैले यसतर्फ सबैलाई सचेत गराउन चाहन्छौं ।साथै उनले हिजोका आफ्नै प्रतिवद्धताबाट पछि हट्ने दुस्साहस नगर्न दलहरुलाई समेत गराएका छन् ।

नयाँ शक्ति नेपालका संयोजक भट्टराईले असन्तुष्ट पक्षलाई सहमतिमा ल्याएर संविधान संशोधनमार्फत संविधानलाई पूर्णता दिनुपर्नेमा जोड दिएका छन् ।

राजनीतिक स्थीरताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय शासन प्रणाली र पूर्ण समानुपातिक संसद् उत्तम विकल्प भएको भन्दै उनले भनेका छन्, ‘यो पक्षलाई पनि सँगसँगै सच्याएर अघि बढौं ।’

Write a Comment