पुनर्निर्माण प्राधिकरणका सिइयोले दिए स्पष्टीकरण
4-January-2017

काठमाडौं, पुस २० । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवालीले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा आफ्नो स्पष्टीकरण दिनुभएको छ ।

पुनर्निर्माण प्राधिकरणको काम सन्तोषजनक नभएको भन्दै सिइओ ज्ञवालीसँग सरकारले पुस १४ गते ७ दिनभित्र स्पष्टीकरण मागेको थियो । 

प्रधानमन्त्री दाहालको निर्देशनअनुसार प्राधिकरणले काम गरिहरको तर प्राधिकरणले बनाएका कार्यविधि प्रधानमन्त्रीले पारित नगर्दा पुनर्निर्माणको काममा ढिलाई भएको प्रष्टीकरणमा उल्लेख छ । 

सरकारले सोधेका प्रश्नको उत्तर समेटेर बुधबार स्पष्टीकरण बुझाइएको राष्ट्रिय पुनर्निर्माणका प्रेस सल्लाहकार भुवन केसीले जानकारी दिनुभएको हो ।

प्रष्टीकरणमा स्रोतसाधनको पर्याप्तताविना पनि प्राधिकरणले धेरै काम गरेको र सम्बन्धित निकायहरुले प्राधिकरणलाई सहयोग गरेको भए झनै धेरै काम हुने उल्लेख गरिएको पनि उहाँले जानकारी दिनुभयो । 

Write a Comment

Events
Random Picks