स्थानीय तह पुनसंरचना आयोगले बुझायो १६ वटा प्रतिवेदन
6-January-2017

२२ पुस, काठमाडौं । एमालेको सडक प्रदर्शनको असरलाई छिचोल्दै स्थानीय तह पुनसंरचना आयोगको टोली शुक्रबार सिंहदरबार गुगेको छ । प्रधानमन्त्री पुष्कमल ाहाल ्चण्डलाई प्रतिवेदन बुझाउन एउटै गाडीमा चढेर आयोगका पदाधिकारी प्रधानमन्त्री कार्यालयमा पुगेका थिए ।

आयोगको प्रतिवेदन बुझ्नका लागि प्रधानमन्त्री प्रचण्ड, गृहमन्त्री विमलेन्द्र निधि, स्थानीय विकास मन्त्री हितराज पाण्डे र मुख्यसचिव सोमलाल पाण्डे लगायतको उपस्थिित रहेको थियो  । आयोगका अध्यक्ष कालानन्द पौडेल नेतृत्वको टोली भने अर्कोतर्फ बस्यो ।

यसैवीच आयोगका कर्मचारीले गाडीबाट आयोगको प्रतिवेदन  प्रधामन्त्रीका सामु राखेर सुरु गरे ।

एउटा किताबमाथि अर्को किताब खप्टिँदै राख्न थालेपछि  त्यसले प्रधानमन्त्री प्रचण्डको अनुहार नै पूरै छेकिदिएको थियो । त्यसपछि प्रधानमन्त्रीले आयोगका पदाधिकारीको अनुहारसम्म हेराहेर गर्ने स्थिति बन्न सकेन । 

यत्तिकैमा फोटो पत्रकारहरुले आयोगको प्रतिवेदनले प्रधानमन्त्रीको अनुहार छेकेको गुनासो गरे । त्यसपछि प्रधानमन्त्रीको टेउमा रहेका नीलो रंगका किताबहरु लडाएर फिँजाउन सुरु गरियो ।

 आयोगले बुझाएको प्रतिवेदन त १६ वटा  ढड्डाहरुमा समेटिएको थियो । आयोगका अध्यक्ष बालानन्द पौडेलले दुई हातले समातेर प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउने कुनै गुञ्जायस नै थिएन । किनभने, प्रतिवेदन बोरामा हाल्दा एउटा बोराले पनि काम नचल्ने अवस्था थियो ।