माघ पहिलो साताभित्र स्थानीय तहको निर्वाचनको मिति तोकिन्छ : वर्षमान पुन
8-January-2017

२४ पुस, अर्घाखाँची । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले माघ पहिलो साताभित्र स्थानीय तहको निर्वाचनको मिति तोकिने बताएका छन् । 
सरकार चुनावको मिति तोक्ने अन्तिम तयारीमा रहेको उनको भनाइ छ ।


अर्घाखाँची सदरमुकाम सन्धिखर्कमा आइतबार आयोजित साक्षात्कारमा नेता पुनले भने, ‘सरकारले पुस अन्तिम वा माघ पहिलो हप्ता भित्र चुनावको मिति तोक्ने तयारी गरिरहेको छ ।’

उनले सबैलाई मिलाएर संविधान संशोधन विधेयक पास गराउनतर्फ सरकारले प्रयास गरिरहेको जानकारी पनि दिए ।

सरकारले पाँच नम्बर प्रदेशलाई टुक्रयाएर तराई र पहाड अलग(अलग गर्दा पहाडको विकासमा सहयोग पुग्ने बताए ।

Events
Random Picks