संबिधान कार्यान्वयन र मुलुकको समृद्धिका लागि राजनितिक दलहरु मिल्नुको बिकल्प छैन : खाँड
10-January-2017

पौष २६, बुटवल । रक्षामन्त्री बालकृष्ण खाणले संबिधान कार्यान्वयन र मुलुकको समृद्धिका लागि प्रमुख राजनितिक दलहरु मिल्नुको बिकल्प नभएको बताएका छन् ।

तिलोत्तमा नगरपालिकाको चौथो नगर परिषदबाट पारित बार्षिक नीति, कार्यक्रम तथा बजेट सार्वजनिक कार्यक्रममा बोल्दै उहाले प्रमुख दलहरुबीचको सहमति र सहकार्यबाट नै मुलुकमा संबिधान कार्यान्वयन भई दीगो शान्ति स्थापना हुने बताए । उनले रुपन्देहीका सांसदहरु यस क्षेत्रको बिकासमा एकमत भएजस्तै मुलुक निर्माणमा प्रमुख दलहरु एकमत हुनु पर्ने बताए ।

कार्यक्रममा मन्त्री खाणले नगर बिकाशको लागि आधार खडा गर्ने गरि बिकाशको कामलाई अगाडि बढाउन निर्देशन पनि दिए । उनले बिकासको आधारशिला सडक भएकाले नगरको ठुलो योजना चत्रपथ चौडा गर्ने काममना नगरवासिले सहयोग गर्नु पर्ने बताए । कार्यक्रममा नगरपालिकाका कार्यकारी अधिकृत मोहन पौडेलले आर्थिक बर्ष २०७४(०७५ को लागि ३४ करोड ७ लाखको बजेट सार्वजनिक गरे । 


पौडेलले चालु खर्च तर्फ १४ कारोड ७ लाखको केन्द्रीय अनुदान र २ कारोड ७५ आन्तरिक आय गरि चालु खर्च तर्फ कुल १६ करोड ८२ लाख ९ सामाजिक सुरक्षा भक्ता सहित० को बजेट सार्वजनिक गरेका छन् । त्यस्तै पुजिगत तर्फ केन्द्रीय अनुदान ९ करोड र आन्तरिक कोेष तर्फ ८ करोड २५ लाख गरि कुल १७ करोड २५ लाखको पुजिगत खर्च सार्वजनिक गरे ।

बजेटमा बसपार्क, पर्यटन प्रर्वद्धन, चक्रपथ निर्माण, नमुना सडक, खेल मैदान , ग्रिन पाक, लक्षित बर्ग, शुसासन प्रर्वद्धन, गरिबि न्युनिकरण , स्वास्थ्य सेवामा पहुच बृद्धि गर्ने लगाएतका योजना समावेश गरिएको छ । कार्यक्रममा उत्कृष्ट कर्मचारी, उत्कृष्ट निर्माण उपभोक्त समिति र उत्कृष्ट कारदातालाई सम्मान गरिनुको साथै सामुदायीक बिद्ययालय बाट गत सालको एसएलसिमा नगर क्षेत्रबाट उत्कृष्ट हुने शान्ति नमुनाका ४ जना बिद्ययार्थिलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा राजनितिक दलका प्रतिनिधि तिलोक्तमा नगर समितिका पधाधिकारि लगायतले  बोल्दै बजेट कार्यान्वयनमा जोड दिए ।

Write a Comment