५ नम्बर प्रदेशका पहाडी जिल्ला हटाउने गरी ल्याइएको संशोधन प्रस्ताव सरकारले तुरुन्त फिर्ता लिनुपर्छ ; पुष्पा भुसाल
11-January-2017
पुस २७ अर्घाखाँची ।  पहाडी जिल्लालाई पाँच नम्बर प्रदेशबाट हटाउने प्रस्ताव संसदमा दर्ता भएपछि त्यसको विरोधमा अर्घाखाँचीमा एक महिनादेखि चलेको आन्दोलन अझै जारि छ । 

एक महिनादेखिको बुधबार विरोध सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य पुष्पा भुसालले पाँच नम्बर प्रदेशका पहाडी जिल्ला हटाउने गरी ल्याइएको संशोधन प्रस्ताव सरकारले तुरुन्त फिर्ता लिनुपर्ने बताएकि छन् । 

प्रस्ताव दर्ता हुने दिनबाटै पाँच नम्बर प्रदेशका नागरिक आन्दोलनमा उत्रिएकाले यो पारित हुने सम्भावना नरहेको उनले बताईन । 

अहिले मधेसवादी दलसहित सबै दलहरु एकजुट भएर स्थानीय निकायको चुनावमा लाग्नुको विकल्प नरहेको नेतृ भुसालको भनाई छ । 

नेतृ भुसालले विविध कारणले अर्घाखाँचीमा भइरहेको आन्दोलनमा आफू अहिलेसम्म सहभागी हुन नसकेको बताउँदै आन्दोलनमा आफनो पूर्ण समर्थन रहेको बतानुभयो ।