निहित दलिय स्वार्थ र सत्ता स्वार्थ रहदा सम्म देश विकास हुदैन ः अस्लामी
16-January-2017

आचार्य प्रदीप/ बुटवल माघ ३ । राष्ट्रिय जनमुक्ति पार्टि उपमहासचिव टोप अस्लामी मगरले निहित दलिय स्वार्थ र निहिति सत्ता स्वार्थ रहदा सम्म देश विकास नहुने बताएका छन् ।पार्टिको २६ स्थापना दिवसको अवसरमा जिल्ला समिति रुपन्देहीले सोमबार बुटवलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले भौगोलिकता अनुसारको राज्य प्रणाली हुनुपर्ने कुरामा जोड दिए । 

उनले देश मा रहेका ६ सय १ सभासद को औचित्य सकिएको कुरा बताए । देश सहि टर्याक मा हिड्न नसकेको बताए ।

पार्टि शान्तीपूर्ण आन्दोलनमा होमिएको बताउदै मङसीर १ गते नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख ओनसरी घर्तिमगरलाई २६ ुबदे माग पत्र पेस गरेको समेत जानकारी दिए । उनले देशमा १ हजार सभा र १ हजार बहस गर्ने समेत जानकारी दिए । 


संविधानको पुर्नलेखन बिधिमा गएमा मात्र राजनीतिक संयन्त्रको निकास निस्कने समेत बताए । पहिचान अनुसारको पुर्नलेखन, एतिहासिक, भाषा, मौलिक हक लगायतका कुराहरु अनुसार पुर्नलेखन गर्नु आवश्यक हुने बताए । समृद्व नेपाल निर्माणका लागी खाका कोरेर अगाडि बढ्नु आवश्यक रहेको कुरा बताए ।


पार्टिको स्थापना दिवसको अवसरमा माघ ४ गते बुटवलमा रक्तदान गर्ने र माघ ६ गते बिबिध राजनैतिक कार्यक्रमहरु रहेको सोहि कार्यक्रमहरु रहेको पत्रकार सम्मेलनमा जानकारी दिईएको हो ।  
राष्ट्रिय जनमुक्ति पार्टि रुपन्देही अध्यक्ष झम बहादुर गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन रुपन्देही सचिव चित्र गुरुङ्गले गरेका थिए ।