गण्डक समस्या सामाधान गर्न दुई देशको उच्च स्तरीय बैठक आवश्यक ः परराष्ट मन्त्री महत
10-February-2017

अनिल,यादव,परासी, २८ माघ । नेपाली कांग्रेसका नेता एवं परराष्टमन्त्री प्रकाश शरण महतले गण्डकको समस्या दुई देश बिचको कुटनितिक पहलले सामाधान गर्ने बताउनु भएको छ । गण्डक कमाण्ड क्षेत्रमा देखिएको क्षतिपुर्ति, सिंचाई, जलविद्युत, तटबन्ध निर्माण र झोलुंगे पुल समेतको समस्यालाई दुईदेशको उच्च स्तरीय बैठकले मात्र निकास पाउने मन्त्री महतले बताउनु भयो । 


नवलपरासीको बेलाटारीमा आयोजित आज अन्तरदेशिय नदीहरुमा जल सुशासनका लागि जागरण अभियान अन्तर्गत जल पद यात्रा उद्दघाटन कार्यक्रममा मन्त्री महतले बोल्दै, नेपाल गण्डकबाट अत्याधिक लाभ लिने उद्देश्यले बिसं २०१६ सालमा भारत र नेपाल बिचको गण्डक सन्धी समझौता भएको थियो तर भारतले नेपाली जलमा कब्जा जमाउदै यहाँका किसानहरुलाई पिडित बनाउदै गयो । 

गण्डक क्षेत्रमा जल उपभोग, क्षतिपुर्ति, डुबान कटान, सिंचाई र तटबन्धको समस्याले किसानहरु ग्रसित भएको हुँदा नेपाल सरकारले नेपाल भारतको उच्च स्तरीय बैठकले समस्याहरु सामाधान गर्ने  मन्त्री महतले जानकारी दिनु भयो ।
 
परराष्ट मन्त्री महतले भन्नु भयो, हुलाकी सडक, सिंचाई, जल उपभोग र तटबन्धका समस्याहरु भारतसँग को डि पि आर समझौताले सधंैका लागि सामाप्त हुने छ । गण्डक कमाण्ड क्षेत्रका ४० हजार हेक्टर क्षेत्रफल सिंचित हुनुपर्ने जिर्ण नहरका संरचना र लेभल मेनटेन नभएकै कारण अहिले २५ हजार हेक्टर क्षेत्रफल मात्र सिंचित भईरहे अवस्थामा यस क्षेत्रलाई पुर्ण सिंचित क्षेत्र बनाउनका जिर्ण संरचनाहरु मर्मत गरि नहरको विस्तार र व्यवस्थापन गर्न आवश्यक रहेको मन्त्री महतले जिकिर गर्नु भयो ।  


त्यसैबिच नेपाली कांग्रेसका नेता एवं क्षेत्र नं. ६ का सांसद देवकरण कलवारले यस गण्डक कमाण्ड क्षेत्रका १३ गाविसबासीहरु नदीको भिषण बाढीले पिडित भई २ अर्ब ९३ करोड रुपिया क्षतिपुर्ति अझै पाउन सकेका नसकेको भन्दै यस क्षेत्रमा सिंचाई, डुबान, कटान,विद्युत, बाटाघाटो, महामारी, झुलुंगे पुल लगायतका विभिन्न समस्याहरु रहेको अवगत गराउनु भयो । 


त्यसैगरि क्षेत्र नं. ५ का सांसद विक्रम खनालले यस गण्डक सम्झौतालाई कार्यान्वयन गर्न दुई देश बिचको उच्चस्तरीय बैठक आवश्यक देखिएको बताउनु भयो । सांसद खनालले नेपाली नदीमा भारतीय कब्जा रहेको भन्दै यस गण्डक नदीका सम्पुर्ण ठोकरहरुको निर्माण एवं मर्मत कार्य भारत सरकारको रहेपनि भारत सरकारले यस क्षेत्रका जिर्ण संरचनाहरुको मर्मत एवं निर्माणका लागि खासै चाँसो नदेखाएको गुनासो गर्नु भयो । 


कार्यक्रममा गण्डक नदी नियन्त्रण संघर्ष समिति, ईन्द्रेणी सामाजिक मंच र एक्सएड नेपालबाट गरि ११ जना सदस्यहरुले आगामी फागुन ५ गतेदखि नवलपरासीको त्रिवेणी गण्डक नदीबाट पद यात्रा शुरु गरि भारतको गंगा नदी हुदै बंगला देशको पदमा नदीसम्मको यात्रा तय गर्ने आयोजक समितिले जनाएको छ । 


पदयात्रामा जाने ति सदस्यहरुलाई कार्यक्रमका प्रमुख अतिथि एवं परराष्ट मन्त्री  महतले आज टिका र दोसल्ला लगाई शुभकामना समेत दिनु भएको थियो । 

Write a Comment

Events
Random Picks