संविधान संशोधन भए मात्र चुनावमा जाने ः राजेन्द्र श्रेष्ठ
12-February-2017

अनिल यादव,नवलपरासी, १ फागुन । संघिय समाजवादि फोरमका नेपालका सहःअध्यक्ष राजेन्द्र श्रेष्ठले संविधान संशोधन गरे मात्र स्थानिय तहको चुनावमा जाने बताएका छन् ।

 परासीमा पार्टिको प्रथम एकता जिल्ला अधिवेशन कार्यक्रमको प्रमुख अतिथि श्रेष्ठले उद्घाटन गर्दै मधेशी मोर्चाको मागमा एमाले पार्टि बाधक रहेको बताएका छन् । सिमांकन सहति र परिमार्जन सहितको संविधान संशोधन हुनु पर्ने उहाँको भनाई थियो । राष्ट्रिय एकता भनेको संघियता हो तर नेपाल को शासक वर्गहरुले संघियता ल्याउन चाहदैनन नेता श्रेष्ठले बताए । यदी संविधान संशोधन भएन भने नेपाल मा ठुलो विद्रोह हुने उनको भनाई थियो ।

देशको शासक वर्गहरुले केन्द्रिय शासन जारी गरी राज गर्ने रणनिति बनाउदै छन् जुन हाम्रो पार्टि लाई मान्य नभएको भन्दै प्रादेशिक शासन जन्ताको अधिकार भएकोले प्रादेशिक शासन हुनुपर्ने श्रेष्ठको भनाई थियो । 
त्यस्तै संघिय समाजवादी फोरम नेपालका केन्द्रिय उप महासचिव अभिषेक प्रताप सिँहले नेपाली शासक पार्टिहरुले मधेशी जन्ताहरु लाई प्रयोग मात्र गरेको अधिकार दिन खोजेको होईन आरोप लगाएका छन् । नेपालको विभिन्न कार्यालयहरुमा मधेशहिरुको सहभागिता न्युन रहेको बताए ।

संविधान संशोधन प्रस्ताव दर्ता गर्नमा बाधक भएको एमालले मधेशी र पहाडि समुदायमा लडाउन खोजेको आरोप लगाउनु भएको छ । संविधान संशोधन प्रसताव दर्ता भए पनि यसमा मधेशीले धेरै होईन २० प्रतिशत मात्र अधिकार पाउन सक्ने बताएका छन् ।
 सोही क्रममा संघिय समाजवादि फोरम नेपाल को केन्द्रिय सदस्य छायाँ शर्माले यो देशमा अधिकारकिो लागि एकजुट भएर लडनु पर्ने बताएकी छिन् । संविधान त जारी भयो तर कस्को लागि भन्दै यो संविधानमा मधेशी, थारु जनजाती, र दलित लगायत अन्य समुदायको समेत अधिकार खोसिएको बताएकी छिन् ।

संघिय समाजवादि फोरम नेपाल नवलपरासीको जिल्ला अध्यक्ष धरेन्द्र यादवको अध्यक्ष्तामा भएको कार्यक्रममा नयाँ शक्ति नेपाल नवलपरासीका चिनक कुर्मी, सदभावना पार्टि नवलपरासीका अध्यक्ष विजय अग्रहरी, नेपाल कम्यूनिष्ट पार्टि (माओवादि) नवलपरासीका जिल्ला ईन्चार्ज घनश्याम यादव, तराई मधेश सदभावना पार्टि नेपाल तथा मधेशी मोर्चाका संयोजक मुकुर जि गिरी र तराई मधेश लोक्तान्त्रिक पार्टिका कार्यवाहक अध्यक्ष पुरन चौधरी लगायका ले शुभकामना राखेका थिए ।

त्यस्तै मधेश आन्दोलनको क्रममा शहिद जगदिश पासवानको आमा लाई प्रमुख अतिथि राजेन्द्र श्रेष्ठले दोसल्ला ओढाउदै सम्मान गरेका थिए भने गत वर्ष मधेश आन्दोलनका घाईतेहरु लाई समेत समान गरीएको थियो ।मधेशी थारु र जनजातीको साँस्कृति झल्कीने गरी साँस्कृतिक कार्यक्रमहरु समेत भएको थियो ।                          
 

 

Write a Comment

Events