यो चुनाबको लागी प्रचण्ड तयार नभए अर्को सरकार बन्छ ः नेपाल
12-February-2017

बुटवल ,१ फागुन । नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चुनावका लागि तयार नभए अर्को चुनावी सरकार बन्ने बताएका छन् ।

प्रेस चौतारी रुपन्देहीले आइतबार बुटवलमा गरेको पत्रकार सम्मेलनमा पूर्व प्रधानमन्त्री समेत रहनु भएका नेता नेपालले चुनावी सरकार प्रमुख दलहरुको सहभागितामा बन्ने बताए । 

माओवादी केन्द्रले चुनाव टारीरहेको बताउँदै उहाँले सत्ता साझेदार नेपाली कांग्रेसले सोच्नु पर्ने बेला आएको बताए ।

चुनावको वातावरण बनाउन एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्रीका बिचमा भेटवार्ता भएको बताउँदै उनले बोलेको कुरा कार्यान्वयन गर्न सुझाव दिए ।

Write a Comment