मधेशी जनअधिकार फोरम नेपाल (लोक्तान्त्रिक) को परासीमा प्रशिक्षण कार्यक्रम शुरु
12-February-2017

अनिल यादव, परासी, फाल्गुन १ । मधेशी जनअधिकार फोरम नेपाल (लोक्तान्त्रिक) को आज देखि परासीमा प्रशिक्षण कार्यक्रममा शुरु भएको छ । पूर्व उपप्रधान मन्त्रि तथा गृहमन्त्रि र मेधशी जनअधिकार फोरम नेपाल (लोक्तान्त्रिक) का राष्ट्रिय अध्यक्ष विजय कुमार गछेदारको प्रमुख अथित्यतामा उद्घाटन भएको कार्यक्रमा गछेदारले पार्टि उद्देश्य माथि प्रकार परेका थिए ।


पुर्व उपप्रधान मन्त्रि गछेदारले नेपाल गरीवि तिर धकल्दै गएको र यसको जिमेवार देशको ठुलठुला पार्टिहरु रहेको बताएका थिए । प्रशिक्षण कार्यक्रममा लाई उदघाटन गरी कार्यक्रम लाई सम्बोधन गर्दै गछेदारले देशको राजनितिक स्थिरता खलबलाएको बताएका छान् । हालैै जारी भएको संविधानको १६ बुद्धे सहमतिमा हस्ताक्षर गरी समर्थन गर्नुको कारण राजनिति अवस्था तथा देशको कानुन लाई नयाँ निकाश दिनु मुख्य कारण रहेको हो । 


मधेशी जनअधिकार फोरम नेपाल (लोक्तान्त्रिक) का जिल्ला अध्यक्ष सुबाष चन्द्र गिरी को अध्यक्ष्तामा उद्घाटन भएको ३ दिवसीय नेतृत्व विकास प्रशिक्षण कार्यक्रम लाई सम्मबोधन गर्दै विशेष अतिथी पार्टिका सहमाहामन्त्रि चन्देशवर खतवे ले पार्टिको भाविदिनको रणनिति र एजेण्डा लाई बुझदै पार्टिलाई साथ दिनको लागि पार्टिका सक्रिय कार्यकर्ताहरु लाई अग्रह गर्नु भएको थियो ।

त्यस्तै पूर्व रक्षा राज्य मन्त्रि रामबचन यादव, पार्टिका केन्द्रिय सदस्य उमेश चन्द यादव, केन्द्रिय सदस्य अनिल गौंड, क्षेत्र नं.३ का पार्टि संयोजक राजकुमार महत्तो र क्षेत्र नं. ५ का पार्टि संयोजक सुरेश यादव लगायतले शुभकमना राखेका थिए 
एनडि.आई. नेपालको सहयोगमा सञ्चालन भएको कार्यक्रम फाल्गुन १ गते देखि ३ गते सम्म चल्ने  पार्टिका जिल्ला सचिव गजानन्द जानकारी गराएका छन् ।

 

Write a Comment

Events