तह, निकाय, थ्रेस होल्ड ऐनहरु पास नगरी अगाडि जान सकिदैन ः कोईराला
13-February-2017

आचार्य प्रदीप/बुटवल, २ फागुन ।  नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा साँसद डा. शेखर कोईरालाले नेकपा एमाले र मधेशवादी दलको अराजकताका कारण मुलुकमा राजनीतिक अस्थिरता उत्पन्न भएको बताएका छन् । नेपाली काङंग्रेसका सांसद शेखर कोईरालाले नेपाली काङ्ग्रेस, एमाले र माओवादि मिलेर मात्र नभई मधेसि मोर्चा समेत मिल्नु पर्ने बताएका हुन । 

प्रेस युनियन रुपन्देहीले सोमबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो कुरा बताएका हुन् । यदि अहिलेको ऐन पास नभएमा अफ्ठ्यारो परिस्थीति आउने बताएका छन् ।  देशको निकासका लागि सबै दल मिल्नुको विकल्प नभएको उनको भनाई छ ।

उनले एमालेले निर्वाचन अगाडिको समयमा  संविधान संशोधन हुन नदिने र मधेसबादी दलहरुले संविधान संशोधन नभई निर्वाचन हुन नदीने बताउँदै एमाले पनि छलफलमा आउनु पर्ने र मधेसबादी दल पनि सहमतिमा आउनुको बिकल्प नभएको बताएका छन् ।  स्थानीय निर्वाचनको आवश्यकता रहेको र यो निर्वाचन भएको भए केही समस्या हल हुने समेत बताए । 
अहिलेको समयमा तह, निकाय, थ्रेस होल्ड ऐनहरु पास नगरी जान नसकिने बताए

। कार्यक्रममा बोल्दै उनले भने – ‘ अहिलेको परिस्थति हेर्दा चुनाब गर्न गाह्रो छ । ’ आईजिपि को प्रसंगमा बोल्दै अहिलेका ३ जना नै सक्षम रहेका बताउदै कोईरालाले काङ्ग्रेस सभापति शेरबहादुर देउवा र गृहमन्त्री बिमलेन्द्र निधि बिच भएको कार्य अस्वभाविक भएको बताए । यस्ता कार्यले प्रहरी प्रतिको जनविश्वाष घटेको समेत कोईरालाले बताए । 


नेकपा एमाले  गैह्र संसदीय दल भएको बताएका छन् । संसद चल्न नदिने किसिमका अलोकतान्त्रीक कार्य नगर्न समेत उनले आग्रह गरेका छन् ।  संसद चल्न नदिने हुनाले नेकपा एमाले गैह्र संददीय दल भएको उनको तर्क छ । अब कुनै पनि दल गैह्र संसदीय बन्न नहुने बताउदै एमालेले संसद चल्न दिनुपर्ने र मधेसबादी दलले निर्णयलाई स्वीकारेर देशलाई अनिर्णयको बन्धी नबनाउन उनले आग्रह समेत गरेका छन् । 


नेपाल प्रेस युनियन रुपन्देहीका सभापति बिक्रम खड्काको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन सचिव कबिन्द्र नेपालले गरेका थिए ।

 

Write a Comment

Events