निर्वाचन घोषणा गरेको भोलिपल्ट प्रधानमन्त्रीले डाके सर्वदलीय बैठक
21-February-2017

स्थानीय तहको निर्वाचन मिति घोषणा गरेको दोस्रो दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सर्वदलीय बैठक डाकेका छन्। संविधान संशोधन प्रस्ताव र स्थानीय निर्वाचन लगायतका विषयमा छलफल गर्न प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएको उनको सचिवालयले जनाएको छ।

मंगलबार दिउँसो ३ बजे संसद भवन नयाँ बानेश्वरमा संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई बोलाइएको हो।

सोमबार साँझको मन्त्री परिषद बैठकले आउँदो बैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको थियो।

सत्तारुढ नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसबीच वैशाख ३१ गते एकै दिन स्थानीय चुनाव गर्ने समझदारी भएपछि सरकारले यस्तो निर्णय गरेको थियो।

Write a Comment

Events
Random Picks