रविन्द्र मिश्रले जुराए आफ्नो पार्टीको नाम र चुनाव चिन्ह
1-March-2017
काठमाडौँ । पत्रकारिता छाडेर राजनीतिमा आएका रवीन्द्र मिश्रले आफ्नो पार्टीको नाम साझा पार्टी नामले जुराएका छन् । मिश्रले बुधबार आफ्नो पार्टीको नाम र चुनाव चिन्ह तराजु सुरक्षित राख्न भन्दै निर्वाचन आयोगमा निवेदन दिएका हुन् । मिश्रका अनुसार आयोगले उनको पार्टीको नाम दर्ता गरेको छ । ‘स्थानीय चुनाव घोषणा भइसकेको अवस्थामा नयाँ दल दर्ता गर्ने स्थिति थिएन्, त्यसैले नाम र चुनाव चिन्ह सुरक्षित गर्न निवेदन दर्ता गरेका हौं’ उनले भने । मिश्रले मंगलबार मात्रै बिबिसी नेपाली सेवाको प्रमुखबाट राजीनामा दिएर राजनीतिमा लाग्ने घोषणा गरका हुन् । मिश्रको पार्टीको बुधबारै फेसबुक पेज र ट्वीटर ह्यान्डल पनि बनाइएको छ ।