संयुक्त लोक्तान्त्रिक मधेशी मोर्चा द्धारा शोकशभा
8-March-2017
अनिल यादव, नवलपरासी, फागुन २५। संयुक्त लोक्तान्त्रिक मधेशी मोर्चाले आज नवलपरासीमा शोकशभा सम्पन्न गरेको छ । सप्तरीको झडपमा मृत्यु भएका मधेशीहरु लाई सम्बोधन गर्दै आज परासीको बुद्धचोकमा शोकशभा गरेको हो । शोकशभा लाई सम्बोधन गर्दै प्रमुख अथिति तराई मधेश लोक्तान्त्रिक पार्टिका वरिष्ठ उपाध्यक्ष तथा पुर्व मन्त्रि त्रिपाठिले राष्ट्र नाराको नाममा देश लाई लडाउन खोजिएको बताएका छन् । देशको सिमालाई बचाउने मधेशी तथा थारुहरुलाई देश बेच्ने आरोप लगाउदै मधेशी र थारुहरु लाई गाली गरेको आरोप लगाएका छन् । मधेशी तथा थारुहरुको आन्दोलनमा छाति र टाउकोमा गोली हान्ने र पहाडि तथा खस आर्यहरुको आन्दोलनमा घुडा मुनि गोली हान्ने कुन संविधानमा लेखिएको छ भन्ने प्रश्न नेता त्रिपाठिले गरेका छन् । त्यस्तै मोर्चाका संयोजक मुकुर जि गिरीको अध्यक्ष्तामा भएको कार्यक्रममा तमलोपा नवलपरासी का कार्यवाहक अध्यक्ष पुरन चौधरी, संघिय समाजवादी फोरम नेपालका के. सदस्य मुन्न गुप्ता, सदभावना पार्टिका के. सदस्य सत्राजित यादव लगायतले मन्तव्य राखेका थिए ।
Events
Random Picks