सम्राज्ञीको ' पाउट '
21-March-2017

पछिल्लो समय अभिनेत्रीहरु निर्देशनमा आउने क्रमले निरन्तरता पाईनै रहेको छ ।

यसै शिलशिला फिल्म ए मेरो हजुरलाई लिएर झरना थापा निकै चर्चामा थिइन् र छिन पनि ।

फिल्मको नाममा नै कन्फ्युज भएको यो टिमले अन्तत नाम ए मेरो हजुर २ नै फाइनल गरेको छ भने फस्ट लुक पनि आउट भएको छ ।

सार्वजनिक टिजरमा फिल्मका केन्द्रिय पात्र सम्राज्ञी राज्यलक्ष्मी शाह र सलिन माँन बानियाँ फिचरीङ भएका छन् ।

हिमाली भेगको मनोरम दृश्यमा छायाँकन गरिएको यस फिल्मको फस्ट लुकले फिल्मको उचाई बढाउने काम नै गरेको छ ।

फिल्म मार्फत झरना निर्देशनमा डेब्यु गर्दैछिन भने केहि दिनमा गीतसंगीत तथा पोस्टर सार्वजनिक गर्ने निर्माण पक्षले जनाएका छन् ।

फिल्मलाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् । फिल्म आउदो बर्ष रिलिज हुनेछ ।

Events
Random Picks