दुई ‘तन्त्र’ को दुर्लभ मिलन
6-April-2017

पूर्व राजा ज्ञानेन्द्र शाहका नाती हृदयन्द्रको व्रतबन्धको निम्तो मान्न काठमाडौको सोल्टी होटलमा बिहिबार भीआईपीहरुको लर्को लागेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी, उप्रधान तथा स्थानीय विकास मन्त्रीसमेत रहेको राप्रपाका अध्यक्ष कमल थापा, वाणिज्य तथा आपूर्ति मन्त्री दीपक बोहरा, सद्भावनाका अध्यक्ष राजेन्द्र महतो, राप्रपा राष्ट्रवादीका अध्यक्ष डा। प्रकाशचन्द्र लोहनी लगायत भोजमा सहभागि भएका छन् ।

त्यस्तै राजेश हमाल, शम्भुजित वासकोटा, मानिषा कोइराला लगायत सेलिब्रिटीहरुको पनि उपस्थिति रहेको थियो ।

पाहुनाका रुपमा पुगेका भीआइपीहरुलाई पुर्व राजा ज्ञानेन्द्र शाह, पुर्व युवराज्ञी हिमानी लगायत राजपरिवारका सदस्यहरुले स्वागत गरेका थिए ।

राजतन्त्रको प्रतिकको रुपमा रहेका पूर्व राजा र गणतन्त्रकी प्रतिक रहेकी राष्ट्रपतिको भेट सबैको चाँसोको विषय बनेको थियो ।

राष्ट्रपति भण्डारीले करिब डेढ घण्टा सोल्टीमा बिताएकी थिइन् । त्यहाँ उनले पूर्व राजा ज्ञानेन्द्र, पूर्व रानी कोमलसँग पनि भलाकुसारी गरेकी थिइन् । त्यहाँ लञ्च गरेर उनी शीतलनिवास फर्केकी थिइन् ।

यसअघि, पूर्व राजा र राष्ट्रपतिबीच शीतल निवासमा राष्ट्रपतिको छोरीको विवाहमा भेट भएको थियो ।

राटोपाटी बाट 

Related Images

Write a Comment

Events
Random Picks