पोखरा लेखनाथ १० मा माओवादीकेन्द्रको चुनावी प्रचार
7-May-2017


जकसन डटकम
पोखरा २४ बैशाख 
पोखरा लेखनाथ वडा नम्बर १० मा माओवादी केन्द्रले चुनावी प्रचार प्रसार कार्यक्रम आयोजना गरेको छ । माओवादी केन्द्रको चुनावी प्रचार प्रसार कार्यक्रम अन्तर्गत आइतबार वडा नम्बर १० भित्र पर्ने विभिन्न टोल बस्तीका जनताहरुसंग माओवादी केन्द्रलाई जिताउन आग्रह गर्दै घरदैलो कार्यक्रम सम्पन्न भएको हो ।

रंगशाला गेटबाट शुरु भएको आइतबारको घरदैलो तथा चुनाव प्रचार प्रसार कार्यक्रम पृथ्वी राजमार्गको दाँया बाँया, इन्द्रमार्ग, घलेचोक, कृष्ण मन्दिर चोक, एस ओ एस, किरण मेडिकल चोक, सौरभ मार्ग, गौरीमार्ग लेन १, लेन २, लेन ३, र्पथ्वीराजमार्ग दाँया, कामना मार्ग, माछापुच्छ«े मार्ग, कालिका मावि, भिमसेन मार्ग, दुची मार्ग, राम बजार, कालिका मन्दिर, वडा प्रहरी कार्यालय, मिलन मार्ग, हिमालगी मार्ग हुदै अमरसिंह चोकमा पुगी समापन भएको थियो ।

घरदैलो कार्यक्रम अन्तर्गत सोमबार मियापाटन चोक हुदै कुँडहरचोक, स्वर्णिम टोल, अन्नपूर्ण टोल लगायतका क्षेत्रका जनताहरु संग छलफल तथा मत माग्ने कार्यक्रम रहेको प्रचार प्रसार उपसमितीका संयोजक हिमालय बख्रेलले जानकारी दिए ।

पछिल्लो समय माओवादीले गरेको काम र माओवादीले उठाएको एजेण्डाकै आधारमा लामो समयपछि स्थानिय तहको निर्वाचन सम्पन्न हुन लागेकोमा माओवादी प्रति घरदैलो कार्यक्रममा जनलहर बढेको पाइएको समेत प्रचार प्रसार संयोजक बख्रेलले जानकारी दिए ।

Write a Comment

Events
Random Picks