संयुक्त गठबन्धनको चुनाव प्रचार तिब्र
8-May-2017


जकसन डटकम
पोखरा, २५ बैशाख


संघिय समाजवादी फोरम तथा नयाँ शक्तिको संयुक्त गठबन्धनद्वारा कास्कीका विभिन्न गाउँपालिका तथा पोखरा–लेखनाथ महानगरपालिका विभिन्न वडामा चुनावी प्रचार कार्यक्रमलाई तिव्र बनाएको छ । संयुक्त गठबन्धनको पोखरा लेखनाथ महानगरपालिका–१६ गर्लाङ्गमा घरदैलो गरि कोणसभाको आयोजना गरेको हो । 

संयुक्त गठबन्धनबाट पोखरा लेखनाथबाट मेयर पदका उमेद्वार हुमबहादुर गुरुङ, उपमेयर लक्ष्मी खाती परियार, वडा अध्यक्ष हर्कबहादुर भुजेललगाएतले नगर विकासको कार्यमा निरन्तर लाग्ने प्रतिवद्धता व्यक्त गरेका थिए । 

त्यसैगरि माछापुच्छ«े गाउँपालिकामा पनि घरदैलो कार्यक्रम तिब्र बनाएको छ । संयुक्त गठबन्धन निर्वाचन परिचालन समिति कास्कीका सहसंयोजक गिरीप्रसाद गुरुङको नेतृत्व तथा माछापुच्छ«े गाउँपालिकाका मेयर पदका उमेद्वार तोयानाथ लम्साल, उपमेयर सुजिता गुरुङ, सोही गाउँपालिकाका वडा अध्यक्षहरुका साथमा गाँउवासी सहित घरदैलो कार्यक्रम गरिएको थियो । 

त्यस्तै पोखरालेखनाथ महानगर वडा नं. २७, २८, २९, ३०, ३१, ३२ र ३३ मा कमल पुनको नेतृत्वमा मोटरासाईकल ¥याली सम्पन्न भएको छ । निर्वाचन परिचालन समिति क्षेत्र १का संयोजक जंगबहादुर गुरुङको नेतृत्वमा मेयर, उपमेयर तथा वडा अध्यक्ष पदका उमेद्वारसहित घरदैलो कार्यक्रम पनि भएको थियो ।

पोखरालेखनाथ ११, २५, १७ मा घरदैलो कार्यक्रम भएको जानकारी गठबन्धनको निर्वाचन सम्पर्क कार्यालय कास्कीले जानकारी दिएको छ । संघिय समाजवादी फोरम र नयाँ शक्ति पार्टी नेपाल चुनावी पार्टी एकता गरि अधिराज्यभरि संयुक्त गठबन्धनबाट चुनावी अभियानमा लागेको हो ।

तमु परिषद् कास्कीका संयोजक एकबहादुर गुरुङले नेतृत्व गरेको कोणसभाको संचालन सोम गुरुङले गरेका थिए ।

Write a Comment