कास्कीमा ३५ प्रतिशत मत खस्यो
14-May-2017


जकसन डटकम
पोखरा, ३१ बैशाख


कास्कीमा करीब ३५ प्रतिशत मत खसिसकेको छ । विहान ७ बजेदेखी शुरु भएको मतदानमा कुनै मतदान केन्द्रमा अलि धेरै र कहिं अलिकम मतदान भएपनि समग्रमा हालसम्म करीब ३५ प्रतिशत मत खसेको क्षेत्रीय निर्वाचन अधिकारी गंगालाल सुवेदीले जानकारी दिए ।

कास्कीमा शान्तिपूर्ण मतदान भइरहेको छ । कहिं कतै अबरुद्ध पनि नभएको र विवाद नभई शान्तिपूर्ण निर्वाचन भइरहेको अधिकारीले बताए ।

Write a Comment