मादी १ मा एमाले प्यानल नै बिजयी
15-May-2017


उमा आलेमगर
पोखरा, १ बैशाख


कास्कीको मादी गाउँपालिका वडा नम्बर १ मा नेकपा एमालेको प्यानल नै बिजयी भएको छ । मादी वडा नम्बर १ को वडाध्यक्षमा एमाले उम्मेद्वार सुरजकुमार गुरुङ बिजयी भएका हुन् । बिजयी गुरुङले ६ सय २६ मत प्राप्त गरे । उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका देबीजंग गुरुङले ५ सय मत प्राप्त गरे ।

त्यस्तै, एमालेका महिला सदस्य खासमाया गुरुङ, दलित महिला सदस्य रुपा सार्की र खुल्ला सदस्यमा टिकाराम गुरुङ र भीमराज गुरुङसहित प्यानल बिजयी भएको हो ।

अहिले अन्य वडाको मत गणना भइरहेको छ ।

Write a Comment

Events
Random Picks