पोलेमा मतगणना जारी, २२ सय ८२ मत गन्दा एमालेको अग्रता कायमै ( अपडेट )
15-May-2017


उमा आलेमगर
पोखरा, ०२ जेठ

देशकै सवैभन्दा ठूलो महानगरपालिका पोखरा लेखनाथमा महानगरपालिकामा मतगणना जारी रहेको छ । वडा नं. १ को मतगणना गरिदा एमालेले अग्रता लिएको छ । २ हजार ४ सय ५९ मत खसेको वडामा २२ सय ८२ मत गनिएको हो ।

वडा नं. १ मा मेयरमा एमालेका मानबहादुर जिसीले १ हजार २२, उपप्रमुख मञ्जु गुरुङले १ हजार ११, एमालेका वडा अध्यक्षले १ हजार ६३, महिला सदस्यले ९ सय ६७, दलित महिला सदस्यले १ हजार ३४, खुल्ला सदस्य पहिलोले ९ सय ५ र दोस्रोले ९ सय ९४ मत पाएका छन् ।

एमालेलाई पछ्याएको नेपाली काँग्रेसका मेयर रामजी कुँवरले ७ सय ६५, उपमेयर सरस्वती गुरुङले ७ सय ८१, काँग्रेस वडा अध्यक्षले ७ सय ३६, महिला सदस्यले ७ सय ३०, दलित महिला सदस्यले ७ सय ६, खुल्ला सदस्य पहिलोले ६ सय ३८ र दोस्रोले ६ सय २ मत पाएका छन् ।

माओवादीले मेयरमा काँग्रेसलाई समर्थन गरेको छ । माओवादीका उपमेयरका उम्मेदवार गोमा ढकालले १ सय १  मत ल्याइकी छन् । माओवादीको वडा अध्यक्षमा १ सय, महिला सदस्यमा ९८, दलित महिलामा ८८, खुला सदस्य पहिलोले १ सय ९ र दोस्रोले १ सय २२ मत पाएका छन् ।