पोखरा लेखनाथ ३ को ८ सय मत गणना
16-May-2017


उमा आलेमगर
पोखरा, ०२ जेठ

पोखरा लेखनाथ महानगरपालिका वडा नं. ३ को ताजा मत सार्वजनिक भएको छ । खसेको २ हजार ७ मध्ये उक्त वडामा ८ सय मत गणना भइसकेको छ ।

वडा नं. ३ मा मेयरमा एमालेका मानबहादुर जिसीले ३ सय ७४, उपप्रमुख मञ्जु गुङले ३ सय ४७, एमालेका वडा अध्यक्षले ३ सय ८८ मत पाएका छन् ।

एमालेलाई पछ्याएको नेपाली काँग्रेसका मेयर रामजी कुँवरले ३ सय ७०, उपमेयर सरस्वती गुरुङले ३ सय ६९, काँग्रेस वडा अध्यक्षले ३ सय ४४ मत पाएका छन् ।

Write a Comment