पोखरा लेखनाथ वडा नं. ५ मा एमालेको पुरै प्यानल विजयी
18-May-2017

उमा आलेमगर
पोखरा, ०४ जेठ

पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ५ मा एमालेको पुरै प्यानल विजयी भएको छ । बुधवार नै मतगणना सम्पन्न भएपनि अन्तिम समयमा केहि मत नमिलेको भन्दै विवाद भएपछि विहिवार फेरि मतगणना भएको हो । बिहिबार भएको मतगणनाको अन्तिम परिणाम अनुसार एमाले प्यानल विजयी भएको हो । बुधवार पनि एमाले प्यानल विजयी भएका थिए । विहिवार सार्वजनिक मतमा भने केहि मत थप भएको छ ।

५ नम्बर वडामा एमालेकै उम्मेदवार धन बहादुर नेपाली अध्यक्षमा बिजयी भए । उनले १ हजार ७ सय ६८ मत पाउँदा प्रतिद्धन्द्धी काँग्रेस उम्मेदवार रामजी प्रसाद कोइरालाले १ हजार २ सय ४६ मत पाए । वडा सदस्यमा एमालेकै पुष्पराज बराल र उज्वल खत्री बिजयी भएका छन् । महिला सदस्यमा अञ्जु केसी र दलित महिला सदस्यमा हरि माया विश्वकर्मा बिजयी भएकी छिन् ।

Write a Comment

Events
Random Picks