पोखरा लेखनाथ वडा नं. १० मा काग्रेस प्यानल नै विजयी
19-May-2017


उमा आलेमगर
पोखरा, ०५ जेठ


पोखरा लेखनाथ महानगरपालिका वडा नं. १० मा काँग्रेस प्यानल नै विजयी भएको छ । वडाअध्यक्षमा राजकुमार गुरुङ सहित काँग्रेस प्यानल नै विजयी भएको हो । विजयी गुरुङको  १ हजार ४६ मत रहेको छ भने उनका निकतम प्रतिद्धन्दी नेकपा एमालेका महेन्द्र कुमार गुरुङको १ हजार २० मत रहेको छ ।

खुल्ला सदस्यमा काँग्रेसका सम्मरबहादुर श्रेष्ठ र दिपकबहादुर थापा विजयी भएका छन् । उनीहरुको १ हजार ३ सय ५२ र १ हजार २ सय ६९ मत रहेको छ । 

त्यसैगरि महिला सदस्यमा निसा मल्ल १ हजार ३ सय ३१ र दलित महिला सदस्यमा प्रतिभा विक पोख्रेलले १ हजार ३ सय ३१ मत ल्याएर विजयी भए ।

Write a Comment

Events
Random Picks