पोखरा लेखनाथ वडा नं. ११ मा कांग्रेस विजयी
19-May-2017


उमा आलेमगर
पोखरा, ०५ जेठ


पोखरा लेखनाथ महानगरपालिकाको वडा नम्बर ११ मा कांग्रेस विजयी भएको छ । वडाध्यक्षमा कांग्रेसका मोहन प्रसाद वास्तोला निर्वाचित भएका हुन् । उनले १ हजार ७ सय ७८ मत प्राप्त गर्दा निकटतम प्रतिद्धन्दी एमालेका देवेन्द्र वास्तोलाले १ हजार ५ सय ४९ मत ल्याए ।

महिला सदस्यमा कांग्रेसकै तिर्थ कुमारी गुरुङ र दलित महिला सदस्यमा टुकुरादेवि परियार निर्वाचित भएका छन् ।  खुल्ला सदस्यमा राजेन्द्र बहादुर भट्टराई र अर्को खुल्ला सदस्यमा एमालेका लोकराज आचार्य निर्वाचित भएका छन् । ।

Write a Comment

Events
Random Picks